नेपाली पात्रो

Saturday, April 15, 2017

सत्य कथा

सधै फोनमा बेस्त हुन्थो । नहुनु पनि कसरी जन्म दिने आमा बुबा र संगै जिउने र मर्ने कसम खाई सकेकि प्यारी जिवन साथी ( श्रीमती) लाई छोडेर सात समुन्द्र पारि बिरानो मुलुक मा मुग्लानि जिवन जिउनु परेको थियो। बिहान सबेरै ड्युटीमा जानु बेलुकी अबेर कोठा मा फर्कनु सबै नेपाली को बाध्यता हो। गरिबी र दासता ले गर्दा विजय  जस्तै हजारौ नेपाली मुग्लानि धर्ती मा सस्तो ज्याला मा रगत र पसिना बेच्नु कुनै नौलो छैन।

सधै बिहान ड्युटी जाँदा र ड्युटी सकेर आउदा एक मिनेट भए पनि श्रीमती लाई फोन गर्थ्यो। र दुख सुख का कुरा हरु आदानप्रदान गर्ने गर्थे । बिभिन्न सपना हरु सजाउँथे । सानो झुपडी घर लाई तिनले छाउने अनि २/४ आना भए पनि खेतबारी किन्ने र बुढी आमा लाई नयाँ कपडा किनिदिने । जिवन साथी लाई नयाँ साडी किनिदिने । छोरा र छोरी लाई राम्रो स्कुल मा पढाउने यस्तै थिए विजय  का सपना हरु । सधै फोनमा यस्तै कुरा सुनाउने गर्थ्यो आफ्नी अर्धाङ्गिनी लाई । नानु के गर्दै छौ भनेर सोध्ने गर्थ्यो। जवाफ मा छोरी लाई खाना खुवाउदै छु भन्थिन । अति खुशी खुशीसाथ फोनमा कुरा गर्थे । महिना भरि काम गरेर कमाएको पैसा भात खान समेत कन्जुस गरेर तुरुन्त श्रीमती लाई पठाउने गर्थ्यो। यस्तै गर्दा गर्दै बिदेश आएको पनि ३ बर्ष पुगेछ। कारण बस कम्पनीले छुट्टी नदिदा घर जान पाएन । तर यसलाई कुनै दुःख थिएन किनकि अलि २/४ महिना बस्न पाए श्रीमती लाई १ तोला भए पनि सुन लगाई दिने सोच थियो उ संग । तर विडम्बना एक दिन बिहानै जुत्ता मा पालिस गर्दै थियो म भने युनिफर्ममा आईरन गर्दै थिएँ । त्यतिकै मा उसको मोबाइल मा घन्टी बन्यो । फोन उठाउँदै बोल्यो । मेरी मायाँ आज त बिहानै सम्झेछौ नि!! उताबाट जवाफ आयो सानो निर्दोष स्वर मा ड्याडी म हजुरको छोरी बोलेको । ड्याडी ड्याडी ममी त आज राति पर गाँउका अंकल संग जानु भयो । अब हामिलाई कस्ले खाना पकाई दिन्छ भन्दै हिक्क हिक्क गर्दै रोएको आवाज जुन्जिन्छ बिजय को कानमा । संसार अन्धकार हुन्छ । छाँगाबाट खसेको घाईते झै थचारिन्छ भुईमा अनि टाउको मा हात राखेर धुरुधुरु रुन सुरु गर्छ। तिन बर्ष सम्म कमाएको पैसा र गरगहना सै लिएर परपुरुष संग हिडेकी रहेछिन । अहिले साना बालबालिका हरु गाउँले अंकलको शरणमा बसिरहेका छन । यहि पिँडा लाई सहन सकेन बिजय ले अनि सधा सधाको लागि हात हल्लाउदै संसार बाट बिदा लाई सक्यो । सायद यस्तो घटना हरु त नौलो नहुन सक्छ तर मित्र हरु उखान छ "नजर भरि को स्वास्नी र मुठ्ठीभर को धन"!! यो कुरा लाई कहिल्यै नभुल्नु होला ।

धन्यवाद

No comments:

Post a Comment

हार्दिक बधाई तथा शुभकामना प्यारी छोरी सन्जिता सारु तिमीलाई ||

  हार्दिक  बधाई  तथा शुभकामना     ➤ श्री आरुणखोला सेकेन्डरी स्कुल शैक्षिकसत्र 2074 को बार्षिक परीक्षामा 98.73% ल्याई  तेस्रो स्थानमा सफल ...